नेकपाको स्थायी समितिमा नेताहरूले बोल्नेक्रम सकियो, दिउँसो ४ बजे अध्यक्षद्धयले जवाफ दिने
८ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्यहरूले बोल्नेक्रम सकिएको छ ।२९ मंसिरदेखि जारी बैठकमा सबै सदस्यले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन माथिको छलफलमा भाग लिएका छन ।
अहिले बिहान बसेको बैठकमा प्रदीप ज्ञवालीले धारणा राखेका थिए । बैठक दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले दिउँसो ४ बजे बस्ने बैठकमा अध्यक्षद्धय अोली र प्रचण्डको जवाफ अाउने र त्यसपछि प्रतिवेदन पारित हुने जानकारी दिए ।
बैठकमा आधा जस्तो सदस्यले सरकार र पार्टी नेतृत्वको आलोचना गरे भने अधिकांशले पार्टी नेतृत्व सरकारको बचाउ गर्दै सुशासनका निम्ति सरकारले आधर तयार गरिरहेका बताएका थिए ।
बैठकबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठ ।
प्रकाशित मिति : ८ पुष २०७५, आईतवार ११:०७