दिगम्बर झालाई बर्खास्त गर्न नेकपाका ४२ केन्द्रीय सदस्यको माग (ज्ञापनपत्रसहित)
८ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४२ केन्द्रीय सदस्यले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई बर्खास्त गर्न ४४ जना केन्द्रीय सदस्यले माग गरेका छन । शनिबार पार्टी नेतृत्वलाई ज्ञापनपत्र मार्फत ४२ केन्द्रीय सदस्यले झा जस्ता भ्रष्ट छवीका व्यक्तिलाई राजनीतिक नियुक्ति गरेर भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति बेकार हुने बताएका छन ।
उनीहरूले भ्रष्ट र विवादित छवी भएकाहरुको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाएका छन् । ४२ मध्येका एक जगन्नाथ खतिवडाले दैनिकीसँग कुरा गर्दै ‘अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएर दिगम्बर झा र विवादित व्यक्तिहरुलाई यथाशीघ्र पदबाट बर्खास्त गर्न अनुरोध गरेका छाैँ । उहाँहरूले हाम्रो मागलाई सकारात्मक रूपमा लिनुभएको छ ।’
नेता खतिवडाले सरकारको कार्यशैलीले कम्युनिष्ट सरकारको गरिमा र लोकप्रियतामा गम्भीर धक्का दिनेतर्फ नेतृत्वको ध्यानाकर्षण गराएको बताए ।
प्रकाशित मिति : ८ पुष २०७५, आईतवार १०:१७