२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नवनियुक्त प्रधानन्यायाधीश राउतद्धारा शपथ ग्रहण

२० असाेज, काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे ।

नवनियुक्त प्रधानन्यायाधीश राउतलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनसभएकाे छ । राष्ट्रपति पौडेलले राउतलाई आइतबार बिहान प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएकाे थियाे ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आईतवार १४:४७