१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बाढीले डुबाएको एमाले मुख्यालयमा प्रधानमन्त्री ओलीको २० मिनेट

१५ असोज, काठमाडौँ । केही दिनअघिको बाढीले डुबाएको ललितपुरको च्यासलमा रहेको एमाले मुख्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले करिब २० मिनेट बिताउनुभएको छ । पार्टीको सचिवालय बैठक विशाल पण्डितको बसेरा होटलमा र संसदीय दलको बैठक संसद सचिवालयमा बसेपछि प्रधानमन्त्री ओली पार्टी कार्यालयको अवलकोकनका लागि च्यासल पुग्नभएको हो ।

त्यहाँ प्रधानमन्त्री ओलीले करिब २० मिनेट बिताएको एमाले नेताहरूले बताएका छन । हिलोका कारण विगतमा जस्तो ओली पुग्दा एमाले कार्यकर्ताको भीड कार्यालयमा थिएन । त्यहाँ उहाँले बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गर्नुभएको छ ।

अविरल वर्षा र बाढीका कारण एमाले मुख्यालयको भुँइ तल पुरै डुबेको थियो । बाढीका कारण भएको फोहोर र हिलो सफा गर्ने काम जिफन्टको नेतृत्वमा हिजैबाट एमाले कार्यकर्ताले सुरू गरिसकेका छन । ओली भने जुत्तामा हरियो प्लाष्टिक बेरेर कार्यालय छिर्नुभएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १५:०९