१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

उधौलीले प्रगतिपथमा अग्रसर हुन प्रेरणा होस् : राष्ट्रपति

७ पुस, काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृतिपूजक किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्भाव, एकता, भाइचारा एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उधौली पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालका विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले नेपाल साझा फूलबारीका रुपमा सिँंगारिएको तथा नेपालीले मनाउने उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका बताउनुभएको छ ।

उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशलाई प्रगतिपथमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।

प्रकाशित मिति : ७ पुष २०७५, शनिबार ०६:००