१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

कामना सेवा विकास बैंकको सेयरमूल्य समायोजन

१५ असाेज, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हाे ।

समायोजनपश्चात् बैंकको सेयरमूल्य प्रतिकित्ता ४३२.३४ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको अन्तिम सेयरमूल्य प्रतिकित्ता ४६२.६० रुपैयाँ कायम थियो । आजदेखि यही मूल्यका आधारमा दोस्रो बजारमा बैंकको सेयर कारोबारमा आउनेछ ।

बैंकले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश गरी १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको थियाे ।

बैंकको १८ औं वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांश पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार ०८:२२