११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

११ असाेज, काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता भएकाे छ । यससँगै, अब विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंकका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ ।

दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन । यसका साथै, उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ ।

राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) तथा युनाईटेड रेमिट प्रा.लि बीच यस्तो सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट)का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गर्नुभएकाे थियाे । यसकासाथै, युनाईटेड रेमिटका सुदनसिंह सिलवालले हस्ताक्षर गरेका थिए।

हाल, देशका ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर काेड (QR Code) सेवा, पाेइन्ट अफ सेल (POs (Point of Sale) सेवा, क्रेडिट कार्ड (Credit Card), डेबिट कार्ड (Debit Card), कनेक्ट आइपीएस (Connect IPS), स्मार्ट क्यूआर टेलर (Smart QR Teller), (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी USSD मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १७:४७