१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

नेकपामा वामदेव गाैतमको फरकमत जग हसाउने कुण्ठाः पृथ्वीसुब्बा गुरूङ (भिडियोसहित)

६ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सचिवालय सदस्य वामदेव गौतमको फरक मत कुण्ठाको दस्तावेज भएको बताएका छन । प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रममा अन्तर्वार्ता दिँदै गुरूङले गौतम अनेक खालका कुण्ठाको भारी बोकेर हिँडिरहेको आरोप लगाए।

उनले नेता गाैतमले जारी स्थायी समिति बैठकमा पेस गरेको फरक मत जग हसाउने कुण्ठामात्र रहेको बताएका छन  । गुरूङले गाैतमको फरक मतमा छलफल नहुने र त्यसको कुनै अर्थ नरहेको पनि बताए । नेता गुरूङले एक नेतालाई एउटामात्र पद दिनुपर्छ भन्ने गाैतमको भनाइ एउटालाई उचाल्ने र मान्छेबीच खेल्ने राजनीतिको घिनलाग्दो खेल रहेको बताए । उनले गौतम आफ्नै कारण गत निर्वाचनमा पराजित भएको दाबी गरे।

प्रकाशित मिति : December 21, 2018 at 8:06 am