८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९० हजार कित्ता सेयर बिक्रीमा

८ असाेज, काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९० हजार ६५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार ०९:५७