७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सिटिजन्स बैंकद्धारा लाभांश घोषणा

७ असाेज, काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको सोमबार बसेको बैठकले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा चार प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीको चुक्ता पुँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १७:१७