२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

नेप्सेमा २ कम्पनीकाे सेयर मूल्य समायोजन

७ असाेज, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीकाे सेयर मूल्य समायोजन भएकाे छ । सिइडिबि हाइड्रोपावर र ओरियण्टल होटलको सेयरमूल्य समायोजन भएको हाे। साधारण सभा तथा लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सोमबार नयाँ मूल्य निर्धारण गरेको हो।

सिइडिबिको ११ प्रतिशत बोनस सेयर समायोजन भएसँगै सेयर मूल्य प्रतिकित्ता १ हजार ८२९.७३ रपैयाँ कायम भएको छ। यस्तै ओरियण्टलको ५ प्रतिशत बोनस समायोजन भएसँगै ९८०.९५ रुपैयाँ कायम भएको छ।

आइतबार दोस्रो बजारमा सिइडिबिको २ हजार ३१ रुपैयाँमा र ओरियण्टल होटलको शेयर प्रतिकित्ता १ हजार ३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सिइडिबिको वार्षिक साधारणसभा असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटीमा बस्दैछ। यस्तै, ओरियन्टलको २७औँ वार्षिक साधारणसभा असोज २० गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बोलाएको छ।

प्रकाशित मिति : 12:56