मन्त्रीका पिए राति घर नगएर सडकमै सुत्नुपर्ने हाे ? सञ्चारमन्त्री बास्काेटा
५ पुस, काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बास्काेटाले अाफूहरुले भ्रष्टाचार गर्ने कुनै उद्देश्य नबनाएकाे स्पष्ट पारेका छन । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्नेे क्रममा पत्रकारकाे प्रश्नकाे जवाफ दिँदै मन्त्री बास्काेटाले सरकार र सरकारका मन्त्रीहरूले कुनै त्यस्ताे उद्देेश्य नबनाएकाे र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताकाे नीति अख्तियार गरेकाे बताए ।
मन्त्री बास्काेटाले कसैले भ्रष्टाचार गरेकाे भए प्रमाणसहित अख्तियार वा अदालत जान अाग्रह गर्दै त्यसमा सरकारले सहयाेग गर्ने बताए । मन्त्री बास्काेटाले मन्त्रीहरुले नियमविपरित सुविधा लिएकाे भन्ने विषयमा व्यवहारिकता बुझ्न अाग्रह गरे । मन्त्री बास्काेटाले भने `रातिसम्म मन्त्रालयमा काममा रहने पिएहरु घर नगएर के सडकमै सुत्नुपर्ने हाे ? यस्ताे विषयमा व्यवहारिकता हेरिन्छ त्याे दुरुपयाेग हैन ।´
मन्त्री बास्काेटाले अष्ट्रेलियाकाे राजदूतकाे सम्बन्धमा छानविन भैरहेकाले परराष्ट्रमन्त्री र सचिव अमेरिकाबाट फर्किएपछि त्यसबारेमा निर्णय लिइने बताए ।
प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १७:०१