वर्तमान सरकारकाे विकल्प छैन, संरक्षणमा लाग्नु सबैकाे दायित्व हाे: नेता भट्टराई
५ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेेेता योगेश भट्टराईले वर्तमान सरकारकाे विकल्प नरहेकाे बताएका छन । बिहीबारकाे स्थायी समिति बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता भट्टराईले सरकारकाे संरक्षण गर्नु सबैको साझा दायित्व रहेकाे स्पष्ट पारे ।
उनले बिहीबारकाे बैठकमा सरकारलाई चारैतिरबाट अाक्रमण भएकाे भन्दै प्रतिरक्षाका लागि रणनीतिक अाधार तयार पार्नुपर्ने विषयमा समेत अावाज उठेकाे जानकारी दिए । उनले बैठकमा पार्टीको निर्णयमा गुटउपगुट भन्दा सबैको सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने बारेमा समेत छलफल भएको जानकारी दिए ।
बिहीबारकाे बैठकमा स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले दुई तिहाईलाई बचाई राख्न तथा सरकारको प्रतिरक्षाका लागि बलियो नीति, संरचना र योजना तर्जुमा गर्नुपर्ने विषयमा छलफल केन्द्रित भएको बताएका छन ।
अाजकाे बैठकमा किरण गुरुङ, पेशलखतिवडा, अमृत बोहरा, पम्फा भुसाल, लिलामणि पोख्रेल, चक्रपाणी खनाल, मात्रिका यादव तथा विष्णु रिमालले अध्यक्षको प्रतिवेदनमाथि धारणा राखेका छन् । अर्को बैठक शु्करबार बिहान ८ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १४:५५