१३ पुष २०८२, आईतवार | Mon Dec 29 2025

कुमारी बैंकले क्युआर कारोबारकै धितोमा कर्जा दिने

१७ भदाै, काठमाडौँ । क्युआर कारोबारकै धितोमा कुमारी बैंकले क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको छ ।

देशका हरेक भागमा रहेका उद्यमशीलता प्रवर्द्धनका लागि ” वर्षैभरि देशैभरि“ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीहरूलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले यो योजना सञ्चालन गरिरहेको हो ।

उक्त योजना अनुसार उद्यमीहरूले आफ्ना नजिक रहेका शाखाहरूमा व्यवसायको खाता खोली क्युआर मार्फत प्रत्यक हप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरू लगातार ४ हप्ता भई मासिक दश हजार रुपैयाँ बराबरको कारोबार यस बैंक खातामा हुँदा उद्यमीहरूले दुई लाख सम्मको कर्जा कुनै पनि कागजात तथा धितो बिना नै यस बैंकको मोबाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्नेछन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार १०:०७