२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

माछापुच्छ्रे बैंकका ग्राहकलाई बिग मार्टमा छुट

१४ भदाै, काठमाडौँ । माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि(बिग मार्ट)बीच डिजिटल कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ ।

सम्झौता अनुसार देशभर रहेका बिग मार्टका आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकले उपल्बध गराएका विभिन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आकर्षक सुविधा तथा छुट पाउनेछन् ।

यसैबीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २०० सम्मको क्यासब्याक प्रदान गर्नेछ ।

माछापुच्छ्रे बैंकले देशभर रहेका ३ सयभन्दा बढी विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दैआएको छ ।

यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संध संस्थाहरुलाई व्यापार प्रवर्द्धनमा सघाउ पुग्दै आएको छ । साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्‍याउने उद्देश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, २०० एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : August 30, 2024 at 7:34 pm