१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

नेकपा स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु

२ पुस, काठमाडौँ ।  नेकपा स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ । मंसिर २९ देखि सुरु भएको बैठकको निरन्तरतास्वरुप आजको बैठक बसेकाे हाे ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमले पेश गरेको फरकमत प्रतिवेदनबारे छलफल हुनेछ।

९ मंसिरमा भएको बैठकमा दुबै प्रतिवेदन स्थायी समिति सदस्यहरुलाई दिइएको थियो। र, प्रतिवेदन अध्ययनका लागि आइतबार (१ पुष) को समय प्रदान गरिएको थियो।

प्रकाशित मिति : २ पुष २०७५, सोमबार १२:११