१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रास्वपा बैठकमा रवि लामिछानेले भने– भदौ ७ गते म बयान दिन जान्छु

५ भदाै, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयान दिन जाने भएका छन् ।

आज बसेको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई भदौ सात गते बयान दिनका लागि बाेलाइएकाे भन्दै उक्त मितिमा बयानका लागि बैठकमा  जान लागेको बताउनुभएकाे हाे । ‘समितिले मलाई भदौ ७ गते बोलाएको छ । म त्यहाँ गएर आफ्ना कुराहरू ढुक्कसाथ राख्छु’, लामिछानेले भन्नुभयाे ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत हुनुभएका लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार १६:०३