सानिमा बैंकको १ लाख १५ हजार कित्ता सेयर बिक्रीमा
४ भदाै, काठमाडाैँ । सानिमा बैंकले सेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहको १ लाख १५ हजार ३८० कित्ता सेयर बिक्रीमा राखेको हो।बिक्रीमा राखिएको सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। बंकले यसका लािग ३५ दिनको समय दिएको छ।
तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुले काठमाडौँको नक्साल नारायणचौरस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रकाशित मिति : August 20, 2024 at 12:01 pm







