दुई मनी एक्स्चेन्जको लाइसेन्स खारेज
३१ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको हो । राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न लाइसेन्स पाएका रेन्बो मनि एक्सचेञ्ज प्रा।लि। र कसा मनि एक्सचेञ्ज प्रा।लि। को लाइसेन्स रद्द भएको हो ।
नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ ९चौथो संशोधनसहित० को विनियम १९ को उप – विनियम ९३० मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो ।
प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १२:०६