२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

समृद्धि फाइनान्सको बनेपा शाखाले मनायो दोश्रो बार्षिकोत्सब

९ साउन, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लि बनेपा शाखा कार्यालयले मिति २०८१र०४र०९ का दिन आफ्नो दोश्रो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा फाइनान्सका कार्यकारी निर्देशक टिका निधि लोहोनीले उपस्थित महानुभावलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि फाइनान्सले उच्च साथ र सहयोग को अपेक्षा राखेको बताए

नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्विजिवि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ-आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर।टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : 10:45