एनआईसी एशिया क्यापिटलको “फाइदा या फिर्ता” अफर सञ्चालनमा
१६ साउन, काठमाडौँ । एनआईसी एशिया क्यापिटलको “फाइदा या फिर्ता” अफर सञ्चालनमा आएको छ । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “फाइदा या फिर्ता” अफर संचालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले जानकारी दिएका छन ।
यस अफर अन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुको सेवा लिँदा क्यापिटललाई बुझाउनु पर्ने सेवा शुल्क सम्बन्धित लगानी व्यवस्थापन सेवा लिने ग्राहकको पोर्टफोलियो आर्थिक वर्ष अन्त्यमा बृद्धि गराउन नसकेको अवस्थामा लगानी व्यवस्थापन सेवा शुल्क बापत लिएको रकम सम्बन्धित ग्राहकलाई नै फिर्ता भुक्तानी गरिनेछ।
यस्तो छ क्यापिटलको विज्ञप्ति

प्रकाशित मिति : July 31, 2024 at 5:15 pm







