७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

प्रकाण्डकाे जस्ताे उट्पट्याङ अभिव्यक्ति नदिन नेकपा प्रवक्ता श्रेष्ठलाई सूर्य थापाकाे सुझाव

२५ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक कार्यक्रममा दिएकाे अभिव्यक्तिमा गम्भीर अापत्ति प्रकट गरेका छन । सत्तारुढ दलकाे जिम्मेवार व्यक्तिले कानुन हातमा लिने अाशयले अभिव्यक्ति दिएकाे भन्दै अापत्ति प्रकट गरेका हुन ।

नेता थापाले सामाजिक सञ्जाल मार्फत विप्लवका प्रवक्ता प्रकाण्डसम्मलाई सुहाउने खालकाे उटपट्याङ अभिव्यक्ति नदिन अाग्रह गरेका छन । उनले भनेका छन `प्रवक्ताकाे कथन ! : नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले कालाे माेसाे दल्न अाव्हान गरेकाे कथन दुई तिहाई बहुमतकाे सरकार संचालन गरिरहेकाे सत्तारूढ पार्टीलाई शाेभनीय, पार्टीकाे संस्थागत निर्णय र जिम्मेवार भनाई नभएर उट्पट्याङ कुराजस्ताे भयाे । याे भनाई उहाँकाे माैलिक नभएर चिनियाँ सांस्कृतिक क्रान्तिकालमा गरिएकाे वितण्डाकै प्रभाव र भावुकता मात्र हाे । यसरी कालाेमाेसाे दल्न अाह्वान गर्न नेकपा (विप्लव) का प्रवक्ता प्रकाण्डलाई सुहाउला, जसले संविधान र कानुन नमान्ने भनिरहेकाे पाइन्छ । सत्तारूढ दलले त संविधान, कानुन र विद्यमान संयन्त्रमार्फत भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । यदि कानुन र संयन्त्र पर्याप्त नभए बनाउन सकिन्छ । संविधान नै संशाेधन गर्नुपरे पनि दुई तिहाई बहुमत छँदैछ । तर कानुन हातमा लिने वा लिन उक्साउने अधिकार कसैलाई छैन । पार्टी प्रवक्ताले नीति, निर्णय र संस्थागत जिम्मेवारी पूरा गर्ने याेग्यता प्रदर्शन एवं जिम्मेवारीबाेध गरेकाे बढी मर्यादित र शाेभनीय हुन्छ हाेला । अागे अाफ्नै मर्जि !!!´

 

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलवार १२:२४