स्वास्थ्य मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारी
२३ मंसिर, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी केदारबहादुर अधिकारीले पाएका छन । स्वास्थ्य सचिव पुष्पा चौधरीको सरुवा प्रधानमन्त्री कार्यालयमा भएसँगै सकारले स्वास्थ्य मन्त्रालयमा अधिकारीलार्इ पठाएको हो ।
लामो समय सम्म सचिव पद रिक्त रहेपछि गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव अधिकारीलाई स्वास्थ्यमा सरुवा गरेको हो ।

सचिव सरुवाको विषयलाई लिएर चौधरी भने अदालत गएकी छन् । उनको सरुवा नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपनि त्यसको खारेजका नाममा सरकार भ्याकेटमा गएको छ । अधिकारी यसअघि पनि स्वास्थ्य मन्त्रालयमा दुई वर्ष सहसचिवका रुपमा कार्यरत थिए ।
प्रकाशित मिति : 00:03









