२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

साधना लघुवित्त र सबैको लघुवित्तले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने

२४ असार, काठमाडौँ। साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट असार ३० गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।

गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त र तनहुँको बन्दीपुरमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले मर्जरका लागि गत असार १३ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय तनहुँको बन्दीपुरमा रहनेछ ।

साथै डाटा माइग्रेसनका लागि असार २९ गते दुबै कम्पनीको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार ०८:५६