१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

समृद्धि फाइनान्सको औरही शाखाले मनायो पहिलो बार्षिकोत्सव

७ असार, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड औरही शाखा कार्यालयले आफनो पहिलो बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले औरही नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्विजिवि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि आदिको उपस्थितिमा सम्पन्न गरेको हाे ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ-आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उक्तरोक्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए। शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरिय कर्जा लगानिमा घनिभुत ढंगले अगाडि बढ्ने र बैंकिङ सेवालाई थप शसक्त बनाउन स्थानीय जनचाहना बमोजिम कार्यलाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्ययोजना रहेको छ ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार १५:०१