२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

प्रभु बैंककाे संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउँछन् ?

३० जेठ, काठमाडाैँ । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर सेयरधनीले आफ्नो सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेका छन्। बैंकले एक सूचना जारी गर्दै बैंकका ५ संस्थापक सेयरधनीहरूको सेयर सर्वसाधारणका लागि बिक्रीका ल्याएको हो ।

बैंकले यस अघि मात्रै ३५ दिने सूचना जारी गर्दै बैंकका संस्थापक सेयरधनीले मात्रै सेयर खरिद गर्न पाउने गर्दै बिमल तिमल्सिनाको नाममा रहेको ५ हजार ५३२ कित्ता, भुपाल दाहालको नाममा रहेको ६२ हजार १५२ कित्ता, सुदन पूसाद अधिकारीको नाममा रहेको ५ हजार ४८९ कित्ता, गोपाल श्रेष्ठको नाममा रहेको ६ हजार ९ सय कित्ता र नवल किशोर राज भण्डारीको नाममा रहेको ८४ हजार ४६६ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

सूचना अनुसार यस सेयरमा विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण वा संस्थाहरूले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन भनिएको छ।

प्रकाशित मिति : June 12, 2024 at 11:59 am