११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

समृद्धि फाइनान्सको पोखरामा निःशुल्क स्वास्थ्य जाँच, २६४ जनाले लिए सेवा

२७ जेठ, काठमाडौँ । समृद्धि फाइनान्सले जेष्ठ २६ गते संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा शाखा कार्यालयद्धारा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिका वडा ४ सहरी स्वास्थ्य केन्द्र र वडा ४ को विशेष सहयोग तथा पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरको प्राविधिक सहयोगमा वडा ४ मा भएको स्वास्थ्य जाँचमा २६४ जनाले निःशुल्क सेवा लिएका छन् ।

निशुल्क स्वास्थ्य जाँचमा वडा ४ का वडाध्यक्ष देवकृष्णा पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । अतिथिहरुमा स्वास्थ्य सहरीकेन्द्रका पोखरा महानगरपालिका वडा ४ का सदस्य सुजन पौडेल, पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरका अध्यक्ष पुरुषोत्तम सुवेदी रहेका थिए। डा.अनुप बराल र डा. प्रतिभा तिमिल्सिनाले स्वास्थ्य जाँच गरेका थिए ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर।टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : June 9, 2024 at 7:00 pm