कुमारी बैंकको २ लाख २३ हजार कित्ता सेयर बिक्रीमा
१७ जेठ, काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल २ लाख २३ हजार ४५१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएका हाे । खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने र निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार १२:३०












