२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

समृद्धि फाइनान्सको जेष्ठ नागरीकसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

१६ जेठ, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले इटहरी शाखाबाट जेष्ठ नागरीकसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले जेष्ठ १५ गते मंगलवार इटहरी उपमहानगरपालिका कार्यलय परिसरमा जेष्ठ नागरीक समाज समुहका ८५ जना जेष्ठ नागरीकसँग बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसरकोबारेमा अन्तरक्रिया गर्नुका साथै उपस्थित जेष्ठ नागरीकलाई खादा ओडाएर सम्मान गरेको हो ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निशूल््क प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : May 29, 2024 at 7:21 pm