१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माधव नेपालले सत्ता गठबन्धन छाडे ! देउवा निवासको बैठकमा सहभागी


१६ जेठ, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन छाड्ने संकेत दिएका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सत्ता समीकरणका लागि थालेको छलफलमा सहभागी हुन माधवकुमार नेपाल पनि देउावको निवासमा पुगेका छन । केहीबेर अघिमात्र बैठक सकिएको छ ।

देउवाले विपक्षी दलहरूको बैठक बुढानिलकण्ठमा बोलाएका थिए । बैठकमा सत्तारूढ मानिएको समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रमुख सचेतक मेटमणि चौधरीसहित सहभागी भएका हुन । बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भए ।

बैठकमा मुख्यरूपमा मधेश सरकार गठनको विषयमा छलफल हुने बताइएको भए पनि देशभर नयाँ सत्तागठबन्धन बनाएर अघि बढ्ने गरी छलफल भएको कांग्रेस स्रोतले जनाएको छ । बैठकमा कांग्रेसको तर्फबाट महामन्त्री गगनकुमार थापा लगायतका नेताहरू सहभागी रहेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार १८:५१