२ असार २०८१, आईतवार | Mon Jun 17 2024

सदनको गतिरोध अन्त्यका लागि तीन दलको संयुक्त बैठक बालुवाटारमा सुरू


११ जेठ, काठमाडौँ । प्रमुख सत्तारूढ नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरूसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्रीको संयोजनमा सदनको गतिरोध अन्त्यका लागि तीन दलको बैठक सुरू भएको हो । सहकारी ठगी प्रकरणमा सहमति नजिक पुगेका राजनीतिक दलहरू सहमतिकै खोजीका लागि बैठकमा बसेका हुन ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमल्सिनाका अनुसार बैठकमा बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेकाका तर्फबाट अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक महेश बर्तौला एवं नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादु खड्का, राष्ट्रियसभामा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका छन ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार १७:०३