१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

११ जेठ, काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ६ जना संस्थापक सेयरधनीको नाममा रहेको रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर बैंकका इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाटमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : May 24, 2024 at 10:14 am