१ असार २०८१, शनिबार | Sun Jun 16 2024

कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतकाे अनुमति


९ जेठ, जनकपुरधाम । जिल्ला अदालत धनुषाले नागरिकता कीर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमती दिएकाे छ ।

उनलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १५:३६