१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाकाे मंगलबार बसेकोबैठकमा कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।

विपक्षी दलहरुले नाराबाजी गरिरहेका थिए । तर सभामुख घिमिरेले धन्यवाद प्रस्तावको विपक्षमा मत नआएको भन्दै सर्वसम्मतले उक्त प्रस्ताव पारित भएको घोषणा गरेका हुन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले संघीय संसदको बैठकमा पेश गरेको सम्बोधनको प्रति प्रतिनिधिसभामा टेबल गरेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १३:३४