१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

प्रचण्डले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै उपेन्द्र यादवद्धारा सर्वोच्चमा रिट

६ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले सोमबार प्रतिनिधि सभा बैठकमा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार रिट दायर गरेका हुन् ।

प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिनको लागि संसद् सचिवालयलाई पत्राचार गरेका थिए । जसपा विवादको टुंगो लागिनसकेकाले प्रचण्डले संसद्‌मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले रोक्न रिटमा माग गरिएको छ । सर्वोच्चले रिट दर्ता गरिसकेको ​र सोमबारका लागि पेशी तोकेको अधिवक्ता अजयशंकर झाले जानकारी दिए ।

उपेन्द्र यादव नेतृत्वको जसपा वैशाख २३ गते विभाजन भएको थियो । पार्टी विभाजनमा प्रधानमन्त्रीकै संलग्नता रहेको आरोप लगाउँदै यादवले उपप्रधानमन्त्रीबाट राजीनामा गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । उपेन्द्रले समर्थन फिर्ता लिएकै कारण प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १७:२८