१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक जारी

६ जेठ, काठमाडाैं । नेपाली कांग्रेसको आह्वानमा बानेश्वरस्थित संसद् भवन परिसरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । सहकारी प्रकरणको छानबिनका विषयमा समान धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाको बैठक बसेको हो ।

यसअघि पनि कांग्रेसको आह्वानमा ५ विपक्षी दलको बैठक बसेको थियो । सहकारी प्रकरणको छानबिन गर्न दलहरूबीच संसदीय समिति गठन गर्ने सहमति भएको छ । तर, यसको क्षेत्राधिकार के–के हुने भन्नेमा तय गर्न सत्तारुढ एमाले, रास्वपा र नेपाली कांग्रेसको बैठक बसिरहेको छ ।

प्रकाशित मिति : 11:30