२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

सवारी साधन कर्जा सहज बनाउने गरी जोखिम भार घट्यो

४ जेठ, काठमाडाैं । सवारी साधन खरीदका लागि बैंकले प्रवाह गर्ने ऋणलाई सहजीकरण गर्ने गरी नेपाल राष्ट्र बैंकले हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएको छ ।

शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरेकाे हाे ।

यस्तै घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जारी गरेकाे समीक्षामा भनिएको छ ।

प्रकाशित मिति : May 17, 2024 at 11:54 am