१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग नगर्न भीम रावलको चेतावनी

१४ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता भीम रावलले कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग नगर्न चेतावनी दिएका छन ।

सामाजिक सञ्जाल टुइटरमा दक्षिण कोरियाको युनिफिकेसन चर्चको वजारिकरणका लागि अायोजित कार्यक्रमलार्इ लक्षित गरेर नेता रावलले यस्ता कार्यक्रममा सरकार र पार्टीको दुरुपयोग गर्न नहुने बताएका हुन ।

काठमाडाैँमा अाजहुने युनिफिकेसन चर्चको वजारिकरणमा सरकारको लगानीको समेत विषय बाहिर अाएका नेता रावलले सामाजिक सञ्जालबाटै पार्टी नेतृत्वलार्इ सचेत गराएका हुन ।

नेता रावलले राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्न समेत सचेत गराएका छन । उनले शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई जानकारी दिनुपर्ने र अायोजकले नभने सरकारले नै खोजेर भए पनि सार्वजनिक गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १३:५०