सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ खर्च ६७ लाख, कराेडाैँ खर्च गर्यो भनेर अालोचना गर्नेहरू ट्वाँ
१३ मंसिर, काठमाडाैँ । सरकारले सामाजिक सुरक्षा कार्य्रक्रम शुभारम्भमा लागेको खर्चको बिबरण सार्वजनिक गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नेक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रमको खर्च विवरण सार्वजनिक गरेका हुन ।
कार्यक्रमको शुभारम्भ, प्रचारप्रसार र समारोह व्यवस्थापनका लागि ६७ लाख २३ हजार ७ सय ५० रुपैयाँ खर्च भएको मन्त्री बास्कोटाले जानकारी दिए । सरकारले कार्यक्रममा कराेडाैँ खर्च गरेर अनियमिता र भ्रष्टाचार गर्यो भनेर अालोचना गर्नेहरू खर्च बिबरण सार्वजनिक भएपछि ट्वाँ परेका छन । सामाजिक सञ्जालमा सरकारले अनवाश्यक रूपमा खर्च गरेको भन्दै चर्को अालोचना भएको थियो ।
प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १९:१८