आशा लघुवित्तको नाफा १७.४८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी घट्यो
२४ वैशाख, काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो।
तेस्रो त्रैमाससम्ममा कम्पनीले ३१ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७१.५६ प्रतिशतले बढी हो । अघिल्लो आवकाे साेही अवधिसम्ममा कम्पनीले १८ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीकाे खुद सञ्चालन आम्दानी पनि १०२.४३ प्रतिशतले बढेर ४१ करोड ७३ लाख रुपैयाँ पुगेको छ । ६४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३७ करोड ८४ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिसम्म कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ४८ पैसा घटेर ८ रुपैयाँ ७ पैसा मूल्य आम्दानी अनुपात ९१.११ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ९९ पैसा रहेको छ।
प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १०:३७












