१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

शेरबहादुर देउवा गुटकोमात्र सभापति, उनीबाट कांग्रेस चल्दैनः नेता केसी

१३ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले शेरबहादुर देउवा गुटकोमात्र सभापति भएको र  उनीबाट कांग्रेस नचल्ने बताएका छन । नुवाकोटको ककनीमा आयोजित जिल्ला सभापतिहरुको भेलामा सार्वजनिक रुपमै उनले देउवाको नेतृत्वमा अब कांग्रेस अगाडि बढ्न नसक्ने दावी गरे ।

पार्टी सभापति देउवा सबै कार्यकर्ताको अभिभावक बन्ने भन्दा पनि सानो घेरामा रमाउने मान्छे भएको आरोप लगाउँदै नेता केसीले देउवाबाट कांग्रेसले सहि नेतृत्व नपाउने आरोप लगाए । कांग्रेसद्वारा प्रस्तावित विधानका विवादित विषयमा छलफल गर्न भन्दै आयोजित कांग्रेस जिल्ला सभापतिहरुको ककनी भेलामा बोल्दै उनले सभापति देउवा सिङ्गो कांग्रेसको नभई प्रजातान्त्रिक कांग्रेसको मात्रै सभापति भइरहेको आरोप लगाए ।

उनले भने, ‘देउवाले विमलेन्द्र निधी, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलाई मात्रै पदाधिकारी नियुक्त गर्नुभयो ।’ देउवाप्रति निकै आक्रोशित देखिएका  केसीले थपे, प्रजातान्त्रिक कांग्रेसका नेताहरुलाई मात्र काखी च्यापेर कांग्रेस चल्दैन । देउवामा पार्टी चलाउने हैसियत देखिएन ।’ शेरहादुर देउवा सभापति भएपछि पार्टीमा गुटैगुट जन्मिएको आरोप लगाउँदै नेता केसीले भने, ‘देउवा गुटको सभापति हुन्, उनीबाट पार्टी चल्दैन भन्ने कुरा आफैले देखाइसकेका छन् ।’

उनले पार्टीको प्रस्तावित विधान जस्ताको त्यस्तै पारित भए पार्टीको निर्वाचित संस्था भङ्ग हुन सक्ने बताउँदै विधान सच्याउन माग गरेका छन् । ‘प्रस्तावित विधानको संक्रमणकालीन व्यवस्थाको भाग २ मा निर्वाचित संस्था पनि भङ्ग गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

प्रकाशित मिति : November 29, 2018 at 11:54 am