१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुनराज खनिया

१५ वैशाख, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएको विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव प्राप्त गरेका छन । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएर काम सुरू गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत न्यौपानेका अनुसार खनियाले यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिएका छन । खनियाले अहिले बैंकको स्टाट्रेजिक परफरमेन्स म्यानेजमेन्ट इकोसिस्टम र एक्सपेरिएन्स एसुरेन्स इकोसिस्टम प्रमुख, सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन ।

बैंकको विभिन्न विभागहरु तथा इकोसिस्टमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको ट्रान्सफर्मेस्नल जर्नीमा अतुलनिय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गरिरहेको एनआईसी एशिया बैंकले जनाएको छ । खनियाले नयाँ जिम्मेबारीले बैंकलाई थप उचाई हासिल गरी, उच्च व्यवसायिक सफलता प्राप्त गर्न योगदान गर्ने विश्वास रहेको प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताएका छन ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार २०:५४