९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

सपोर्ट लघुवित्तको नाफा ९४.८९ प्रतिशतले बढ्यो, खराब कर्जा अनुपात १.४७ प्रतिशत

१२ वैशाख, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीकाे खुद ब्याज आम्दानी पनि ८.७८ प्रतिशतले वृद्धि भएर ४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले खराब कर्जा अनुपात घटाउन सफल भएको छ । संस्थाको खराब कर्जा अनुपात ३.२५ प्रतिशतबाट घटेर १.४७ प्रतिशत कायम भएकाे छ । ९ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ सञ्चित छ।  समीक्षा अवधिसम्म कम्पनीकाे प्रतिसेयर आम्दानी १७.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६०.८० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : April 24, 2024 at 9:28 am