१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

नेकपाको सचिवालय बैठक अपरान्ह बस्दै, केन्द्रीय सदस्यले पाउलान त जिम्मेवारी ?

१२ मंसिर, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को सचिवालय बैठक अपरान्ह बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बोलाइएको बैठकले केन्द्रीय सदस्यहरूलार्इ जिम्मेवारी दिने अपेक्षा गरिएको छ । कन्द्रीय सदस्यहरूलार्इ जिम्मेवारी दिनका लागि बैठक अघि दुर्इ अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफलको तयारी समेत छ ।

योग्यता, क्षमता, कार्यशैली, ज्येष्ठता लगायतका मापदण्ड बनाइ केन्द्रीय सदस्यलार्इ जिम्मेवारी दिइने तयारी रहेको छ । पार्टी एकीकरणको घोषणा भएको ८ महिना बितिसक्दा पनि नेकपामा जनवर्गीय संगठनको एकता र तल्लो तहमा एकता प्रक्रिया सकिएको छैन । जिम्मेवारी नपाउँदा केन्द्रीय नेताहरु नै असन्तुष्ट बनेका छन ।

यसैबीच नेकपाका केन्द्रीय सदस्यहरूले पोलिटब्युरो गठन गरेपछि मात्र नेताहरूको कार्यविभाजन गर्न माग गरेका छन् । यसअघि पार्टी बैठकको माग गर्दै ज्ञापनपत्र बुझाउने केन्द्रीय सदस्यहरूले मंगलबार अध्यक्ष पुष्पकमल दाहाललाई भेटी पोलिटब्युरो गठन गर्न ध्यानाकर्षण गराएका हुन् । सचिवालयले केन्द्रीय सदस्यहरूलाई कार्यविभाजनको प्रस्ताव तयार गरिरहेको छ । २२ जना केन्द्रीय सदस्यले अध्यक्ष दाहालसमक्ष पार्टीलाई विधि र पद्धतिमा राखेर सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार १२:०१