निर्मलाको समाचार रोक्न निर्देशन दिएको छैन, भ्रमको पछि नलाग्नुसः मन्त्री बास्कोटा
१२ मंसिर, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले निर्मला पन्तको हत्याका सम्बन्धमा समाचार रोक्न भनेर कुनै खालको निर्देशन नदिएको स्पष्ट पारेका छन । केही सञ्चार माध्यमले निर्मला पन्तको हत्यासम्बन्धी समाचार नलेख्न सरकारी सञ्चारमाध्यलार्इ मन्त्रीको निर्देशन भन्दै समचार प्रकाशन गरेपछि मन्त्री बास्कोटाले अाफूले त्यस्तै कुनै निर्देशन नदिएको र सरकारले हरहिसाबले हत्याराको पहिचानका लागि संयन्त्र परिचालन गरेको बताएका छन ।
उनले अाफूले निर्देशन नदिएको विषय निर्देशन दिएको भन्दै समाचार प्रकाशन गर्ने सञ्चार माध्यमलार्इ निर्देशन प्रमाणित गर्न चुनाैति दिएका छन । उनले त्यस्तो निर्देशन दिएको प्रमाणित भए अाफूले तत्कालै राजिनामा दिने बताएका छन ।
उनले त्यस्तो निर्देशनको मौखिक, लिखित, फोन रेकर्ड वा आशय झल्कने कुनै पत्र मात्रैको पनि प्रमाण दिए राजिनामा दिने बताएका हुन ।मन्त्री बास्कोटाले गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिलाई निर्देशन दिएको भन्ने ती सबै समाचार पूर्वाग्रही र भ्रामक भएको, आफू र सरकारलाई बदनाम गराउने खेल मात्रै भएको दाबी गरेका छन्।
प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार ०९:१३