७ असार २०८३, आइतबार | Sun Jun 21 2026

इन्फिनिटी लघुवित्तको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

५ वैशाख, काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थागत समूहको ६० हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै सर्वसाधारणले पनि बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई संस्थाको नवलपरासीको गैडाकोटमा रहेको केन्द्रीय कार्यालयमा सूचना प्रकाशित भएको १५ दिनभित्र  आवेदन पेश गर्नुपर्नेछ।

प्रकाशित मिति : April 17, 2024 at 11:28 am