१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

कोशी सरकारबाट बाहिरिने माओवादी केन्द्रकाे निर्णय

२६ चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिने निर्णय गरेकाे छ ।  सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादी केन्द्रका मन्त्रीले आजै राजीनामा दिने निर्णय समेत गरेको छ ।

आजै प्रदेश प्रमुखसँग बहुमतको दाबी गर्ने र विशेष अधिवेशन आह्वानका लागि निवेदन समेत दिने निर्णय भएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

उनले एमाले पनि आजै सरकारबाट बाहिरिने जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १४:५८