पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य
२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई जितका लागि २१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रन जोड्यो ।

युवराज सम्राले ४५ बलमा १० चौका र ६ छक्का मदतमा १०० रन पूरा गरेका हुन् । उनले कूल ४८ बल खेल्दै १०२ रन बनाए । यस्तै कुशलले ३९ बल खेल्दै ७ छक्का मदतमा ६२ रन जोडे । करुणारत्नेले विष्फोटक ब्याटिङ गर्दै नटआउट ३५ रन जोडे । ११ बल खेलेका उनले ३–३ छक्का र चौका प्रहार गरे । बलिङतर्फ कर्णालीका सोमपाल कामीले दुई तथा मार्क वाटले एक विकेट लिए ।
प्रकाशित मिति : November 9, 2026 at 2:25 pm








