१ असार २०८३, सोमबार | Mon Jun 15 2026

अब हरेक दिन मन्त्रीहरूले गरेकाे कामकाे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने

२२ चैत, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब हरेक दिन मन्त्रीहरुले आफूले दिनभरि गरेको काम प्रधानमन्त्रीलाई ब्रिफिङ गराउनुपर्ने बताएका छन् । उनले मन्त्रिपरिषद्को बैठकबाटै उक्त निर्णय गराएको समेत बताएका छन्। विहिबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आजकै क्याबिनेटबाट यो निर्णय गराएको जानकारी गराए।

प्रत्येक दिन बेलुका दिनभरि गरेकामध्ये ठूलो र राम्रो काम प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएपछि सबैलाई तताउँछ भन्ने विश्वासका साथ उक्त निर्णय गरेकाे प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

प्रकाशित मिति : April 4, 2024 at 5:39 pm