१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेपाल विद्यार्थी संघको महाधिवेशन हुने सम्भावना छैनः कांग्रेस महामन्त्री कोइराला

९ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले दुई महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने सम्भावना नरहेको बताएका छन । महामन्त्री कोइरालाले थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने दाबी गरे ।

पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन आइतबार पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले विधान विपरित पार्टी नेतृत्वले नेपाल विद्यार्थी संघको वर्तमान पदाधिकारीको समय थप्ने काम गरेको  प्रतिक्रिया दिए। नेपाल विद्यार्थी संघको थप गरिएको कार्यकाल पनि सकिएपछि अघिल्लो केन्द्रीय समिति बैठकले वर्तमान पदाधिकारीको समय दुई महिना थप गरेको थियो।

प्रकाशित मिति : November 25, 2018 at 1:40 pm